हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको छ । विस्तृत विवरण आउन बाँकी छ