मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज दलका प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताइएको छ ।