एमसिसी संघीय संसदबाट जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संघीय संसदबाट पारित हुने बताउनुभएको छ । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसिसी जस्ताको त्यस्तै पारित हुने’ बताउनुभएको