राष्ट्रियसभा चुनावः ‘क्लिन स्वीप’ गर्ने गठबन्धनको सपना चकनाचुर
काठमाडौँ । पाँचदलीय गठबन्धनको बलियो घेराबन्दीबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा एक सिट जितेर गठबन्धनको क्लिन स्वीप गर्ने सपना चकनाचुर भएको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले जित हात पार्नु नै एमाले एक्लै दर्बिलो छ भन्ने कुराको पुष्टि भएको छ