जेनजी आन्दोलन आपराधिक मानसिकताका समूहले हिंसात्मक बनाए : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनलाई आपराधिक मानसिकता भएका व्यक्तिहरूले हिंसात्मक बनाएको बताएका छन् । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको नाममा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको बताए