भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिरको दर्शन गरेर फर्किंदै गरेका यात्रुहरूसहितको हेलिकप्टर गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित एक बालक र अन्य यात्रु गरी पाँच