यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिलाउन सरकार प्रतिबद्ध : मन्त्री गौतम
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला तथा बालबालिकामाथि