सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा उनकी सासू मायाँरानी बम्जन र नन्द मीना लामा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आइतबार दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।