देशभरका कर्मचारीद्वारा कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु
काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै देशभरका निजामती कर्मचारीहरूले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । यो आन्दोलन ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ को अगुवाइमा थालिएको हो ।