जेनजी आन्दोलनपछि पहिलोपटक संसदीय समिति बैठक, आन्दोलनसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाउन माग
काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिहरू पुनः सक्रिय हुन थालेका छन् । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बसेको हो । बैठकको एजेन्डामा समितिको आगामी कार्ययोजना, स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमबारे छलफल हुने