आज पनि संसदमा रास्वपाको वेल घेराउ, राप्रपाको बैठक बहिष्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गर्दै विरोध प्रदर्शन जारी राखेको छ । पार्टीले आफ्ना मागप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै संसदमा आन्दोलनलाई निरन्तरता दिएको हो। यद्यपि बैठक भने सभामुखको अगुवाइमा सञ्चालन भइरहेकै छ ।