प्राधिकरणलाई नेतृत्वविहीन बनाएर समस्या समाधानको अपेक्षा गर्नु सरकारको अदूरदर्शिता : कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक, पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणलाई लामो समयसम्म नेतृत्वविहीन अवस्थामा राखेर विद्युत् आपूर्तिमा देखिएका समस्याको समाधान खोज्नु सरकारको अदूरदर्शिता भएको टिप्पणी गरेका छन्। पछिल्ला दिनमा देशका विभिन्न स्थानमा