शिक्षक महासंघको नेतृत्वविरुद्ध विद्यालय कर्मचारीको नारावाजी, आजै थप आन्दोलन घोषणा गर्ने
काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघले आफ्ना मागहरुप्रति वेवास्ता गरेर सरकारसँग सहमति गरेको भन्दै नारावाजी गरेका छन् । सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै