वालेनलाई हर्कले भने –‘देशलाई धोका दिने मान्छेको सरकार आफ्नो भएपनि राज्य आफ्नो हुँदैन’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (वालेन) का गतिविधिमाथि निरन्तर कटाक्ष गरिरहेका छन् । जेनजी आन्दोलनका नाममा विदेशीको एजेन्ट बनेर मुलुक ध्वस्त पार्ने मुख्य अभियुक्त नै वालेन हुन् भन्ने मेयर साम्पाङको दावी छ ।