ट्रान्सफर्मर मर्मतका कारण अस्थायी विद्युत् अवरुद्ध, लोडसेडिङको हल्ला निराधार : प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रअन्तर्गत केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा ट्रान्सफर्मरको मर्मत र लाइनमा अतिरिक्त लोडका कारण अस्थायी रूपमा विद्युत् अवरुद्ध भएको