अध्यक्ष ओलीद्वारा एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन, सदस्यता विस्तारमा जोड
काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।