नवनियुक्त ३ मन्त्रीले लिए शपथ, आजै पदभार ग्रहण
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार भएको छ । नवनियुक्त तीनजना मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्