पूर्वमन्त्री खरेलको निधन
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षका खरेलको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनी अस्पताल भर्ना गरिएको थियो ।