सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ
काठमाडौं । नेपालका ठूला निर्माण व्यवसायीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । सरकारी ठेक्का अलपत्र पारेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।