राष्ट्रपतिलाई सल्लाहकार होइन, विज्ञ आवश्यकः रघुजी पन्त
काठमाडौं । नेकपा (एमाले) का रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे ।