नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर : रक्षामन्त्री राई
काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको समन्वयात्मक वैठक शुरू भएको छ । बिहीबारबाट शुरू दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट