पहिरो पीडितलाई राहत लिएर इलाम पुग्यो युवा संघ, अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा टोली सक्रिय
इलाम । अविरल वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको इलाममा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ । बुधवार युवा संघका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले माइ नगरपालिका–७ स्थित चेप्टी गाउँमा राहत वितरण