तिहारको मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको समयमा देशभरको मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदलीको अवस्था देखिनेछ। यद्यपि उल्लेखनीय कुनै मौसमी प्रणाली सक्रिय नरहेकाले