काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको समयमा देशभरको मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदलीको अवस्था देखिनेछ। यद्यपि उल्लेखनीय कुनै मौसमी प्रणाली सक्रिय नरहेकाले मौसममा ठूलो उतारचढाव देखिने छैन ।
महाशाखाका अनुसार तिहारको अवधिभर देशका अधिकांश भागमा मौसम सफा रहनेछ भने पहाडी तथा उच्च हिमाली क्षेत्रका एकदुई स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ।
कात्तिक ३ गते (लक्ष्मीपूजा): देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा फाटफुट वर्षा सम्भावित छ ।
कात्तिक ४ गते: पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णालीका केही स्थानमा फाटफुट वर्षा हुन सक्छ ।
कात्तिक ५ गते: पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः खुला रहनेछ । कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कात्तिक ६ गते (भाइटीका): कोशी र मधेससहित देशका अन्य पहाडी भागमा आंशिकदेखि साधारण बदली देखिनेछ । अधिकांश भागमा मौसम सफा रहनेछ। देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।

























