मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम छिटो पूरा गर्न मन्त्रीको निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका पाइपलाइनको काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।