विद्यालय भवन निर्माणमा अनियमितता : माधव नारायण नगरपालिकाका तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार माधव नारायण नगरपालिका–३, सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन निर्माणको