ललितपुरमा केटा साथीको घर गएकी १८ वर्षीया किशोरीको मृत्यु, प्रहरी अनुसन्धानमा
काठमाडौं, २२ साउन । ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार ती किशोरी बुधबार दिउँसो १८ वर्षीय केटा साथीको घर गएकी थिइन्।