बहुविवाहलाई अनुमति दिने विधेयक आउँदैन : कानूनमन्त्री चौरसिया
काठमाडौं, साउन २१ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर चौरसियाले बहुविवाहलाई कानुनी रूपमा मान्यता दिने खालको कुनै पनि विधेयक संसदमा नआउने स्पष्ट रूपमा बताएका छन्। प्रतिनिधिसभाको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो