मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा
काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार बाँठपाली देवताको मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।