बाढी–पहिरोको असर : देशभर ८ राजमार्ग पूर्ण अवरुद्ध, २ सडकमा एकतर्फी मात्रै यातायात
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न स्थानका ८ वटा प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। साथै, दुईवटा सडकमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरो