मुख्यमन्त्री बानियाँको घरमा छापाप्रति कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासमा गरिएको छापामार शैलीको अनुसन्धानप्रति आपत्ति जनाएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी अनुसन्धान अघि