२ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माओवादीको सरकारलाई आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध हटाउने सर्तमा सत्तापक्षसँग भएको दुई बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारलाई सहमति अनुसारको कदम चाल्न आग्रह गरे