प्रधानमन्त्रीको स्पेन भ्रमणबाट नफर्किनेको नाम सार्वजनिक गर्न सचिवालयको चुनौती
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणपछि केही सहभागी नफर्किएको भन्ने रास्वपा सांसद सोविता गौतमको भनाइप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । रास्वपा सांसद गौतमले प्रतिनिधिसभाको बैठकमा उठाएको यो विषयप्रति सचिवालयले ‘को–को नफर्किएका हुन् ?’ स्पष्ट पार्न चुनौती दिएको