पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किने कुरा उचित होइन : माधवकुमार नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कुरा उचित नभएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले दुवै पद सक्रिय राजनीतिभन्दा बाहिर भएकोले यसैको सम्मान हुनुपर्ने बताएका छन्