सरकार सत्ताको संख्यामा मात्रै होइन, जनविश्वासमा पनि बलियो हुनुपर्छ : माओवादी अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार योजनाविहीन, गैरजवाफदेही र निष्क्रिय भएको आरोप लगाएका छन् । संसदमा विशेष सम्बोधन गर्दै उनले देशले आर्थिक अवसर गुमाएको र विकासको गति सुस्त भएको दावी गरेका छन् ।