कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि टोली गठन गरेको छ । मंंगलबार माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेलगतै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।