अब कसैले पनि बुथ कब्जा गर्न पाउने छैन : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा कसैलाई पनि बुथ कब्जा गर्न नदिइने बताएका छन्। सोमबार झापाको दमकमा आयोजित कोशी प्रदेशस्तरीय ‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जाको प्रयास सह्य नहुने स्पष्ट पारे।