झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारवाही नभए प्रतिवादमा उत्रने एमाले भोलेन्टियर्स फोर्सको चेतावनी
काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको तथा पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ । प्रशासनले दोषीमाथि कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी उसले दिएको छ ।