प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपाली टोलीलाई विश्वकप टी–२० मा जितको शुभकामना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयीको शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले नेपाली टोलीको विगतको चमत्कारपूर्ण प्रदर्शन र सफलताका साथै विश्वभर फैलिएका समर्थकको साथ टोलीसँग रहेको