भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणबारे कूटनीतिक तबरले बुझ्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको विषय र अन्य विद्यार्थीलाई निकाला गरेको घटनामा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।