केन्द्रीय समितिको म्याद जबरजस्ती थप्न खोजिँएको भन्दै कांग्रेसको विशेष महाधिवेशन पक्षधर रुष्ट
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले हालको केन्द्रीय कार्यसमितिको म्याद जबरजस्ती थप्न खोजिएको आरोप लगाएका छन् । नेता गुरु घिमिरे, मनोजमणि आचार्यलगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले नियमित समयमा महाधिवेशन नगरी केन्द्रीय समितिको अवधि लम्ब्याउन