एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस
काठमाडौँ । नेकपा एमाले खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ। सोमबार बसेको एमाले खोटाङ जिल्ला सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि १० जना आकांक्षीको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।