मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा
काठमाडौं । इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ। महासंघले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो। व्यवसायीहरूले मूल्यवृद्धिका कारण देशभरका निर्माण आयोजना प्रभावित भएको भन्दै काम