राज्यले निजी विद्यालयलाई निषेध गर्ने अवस्था छैन : शिक्षामन्त्री पन्त
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राज्यले निजी विद्यालयहरूलाई निषेध गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि भएको छलफलमा बोल्दै मन्त्री पन्तले निजी क्षेत्रलाई निषेध होइन, नियमन गर्नुपर्नेमा जोड दिए