निजामती सेवा विधेयकमा कर्मचारीको असहमति: जेठ २५ गतेदेखि देशव्यापी आन्दोलनको चेतावनी
काठमाडौँ। संघीय निजामती सेवासम्बन्धी कतिपय प्रावधानहरूप्रति आपत्ति जनाउँदै सिंहदरबार केन्द्रित धर्ना गरिरहेका कर्मचारीहरूले जेठ २५ गते देखि देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीबार पनि पाँचौं दिन सिंहदरबारमा धर्ना कार्यक्रम जारी राखे। उनीहरूको मुख्य