सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले सुरु गर्यो निःशुल्क बस सेवा
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सर्वसाधारणका लागि विभिन्न २ रुटमा निःशुल्क बससेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिलो रुट अन्तर्गत नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–जयनेपालसम्म छ । यस्तै