नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्र बनाउने रास्वपा नेता कँडेल पक्राउ
बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र निर्माण र बिक्रीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरी अनुसन्धानका लागि बुटवल ल्याएको हो ।