चितवनमा भेटियो बर्डफ्लु, दुई सय कुखुरा मरे
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्डफ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।