दिक्तेलका मेयरद्वारा काठमाडौंमा ‘सत्याग्रह’ सुरु: स्थानीय कच्चा पदार्थ प्रयोगको अधिकार माग
काठमाडौं, साउन ११ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको सहज प्रयोगको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन् । संघीय ऐनका कारण स्थानीय कच्चा पदार्थ प्रयोग गर्न असहज भएको भन्दै त्यसको संशोधन