विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे, हेलिकोप्टरमार्फत् उद्धार गरिँदै
सिमकोट । हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् । लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि स्लोभेनियाका चार नागरिक, तीनजना गाइड र पाँचजना स्थानीय